महावलेश्वर डेरीको रेभा ड्रिंक्स मिल्क

Read Time = 4 mins

काठमाडौं । महावलेश्वर डेरीले रेभा, एमडिआई मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । रूपन्देहीको महावलेश्वर डेरी एन्ड वेभरेज इन्डस्ट्रिज प्रालिले रेभा, एमडिआई ब्रान्डको मिल्क ड्रिंक्स ल्याएको हो ।

नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यावसायिक प्रतिष्ठनका रूपमा स्थापित उद्योगले आफ्ना उत्पादन नेपालभर अधिकृत बिक्रेतामार्फत् बिक्रीवितरण सुरु गरेको छ । उद्योगले शुक्रबारदेखि काठमाडौंमा पनि बिक्रीवितरण सुरु गरेको हो । पवित्र डेरीअन्तर्गतको परियोजना महावलेश्वर डेरी एन्ड वेभरेज इन्डस्ट्रिज प्रालि गत चैतदेखि सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिनुभयो ।

उद्योगले टिनको क्यानबाहेक अन्य सामग्री स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको भण्डारीले बताउनुभयो । जसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । क्यानमा लाग्दै आएको भ्याट छुट तथा भन्सार एक प्रतिशतमात्रै कायम गरेमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने भण्डारीले बताउनुभएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अर्र्बौं दुग्धजन्य पदार्थ आयात हुने गरेको उल्लेख गर्दै त्यस्ता वस्तुको आयात प्रतिस्थापनका लागि सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादनभन्दा महावलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताउनुभयो ।

कम्पनीका नेसनल सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै उत्पादन गरेको बताउनुभयो । कम्पनीले २०७५ साल माघ १० गते स्ट्रलाइज बदाम मिल्क उत्पादन गर्ने उद्देश्यका साथ २० करोड लगानीमा बुटवलमा महावलेश्वर उद्योग स्थापना गरेको होे । २०७८ माघदेखि उत्पादन सुरु गरेको उद्योगले दैनिक दुई हजार लिटर दूध प्रशोधन गर्र्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दै आएको छ । हाल उद्योगमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योगसँग जोडिएका करिब पाँच सय किसान परिवारलाई प्रत्येक १५/१५ दिनमा दूधको भुक्तानी दिने व्यवस्था मिलाइएको र दुईवटा उद्योगले मात्रै किसानलाई मासिक करिब एक करोड भुक्तानी दिने गरेको उद्योगले जनाएको छ । उद्योग मातृ उद्योग पवित्र डेरीले दुग्धजन्य उत्पादन प्याकेट दूध, दही, घिउ, पनिर, मक्खनका साथै आइसक्रिम पनि उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?