शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेस्थित नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका नाकामा संयुक्त गस्ती सुरु भएको हो । अन्य समयमा भने दुवै देशका सुरक्षाकर्मीले आ–आफ्नो देशभित्र गस्ती गर्दै आएका थिए । निर्वाचनका बेला हुनसक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहले नेपाल र भारतका सुरक्षाकर्मीले सिमानाको जमुनाह गेटदेखि पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म संयुक्त गस्ती गरेको जनाएको छ । नेपाल-भारत दुवै देशका सुरक्षाकर्मीको टोलीले सिमानाको दशगजा क्षेत्रमा सुरु गरेको संयुक्त गस्ती निरन्तर जारी रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ सई मीनबहादुर विष्टले हिमालय टाइम्सलाई बताउनुभयो । चुनाव अवधिभर प्रहरीले गस्ती गर्ने उहाँको भनाइ छ । सई विष्टले सो गस्ती जिल्लाको ६५ किलोमिटर पर्ने खुला सिमानाको सबै ठाउँमा गस्ती गर्दै आएको बताउनुभयो । गस्ती सुरु गरिएपछि नाकामा निर्वाचन सुरक्षाको औपचारिक कार्य पनि सुरु भएको उहाँको भनाइ छ ।
निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुने निर्णय पनि एक/दुई दिनमै गरिने जमुनाह प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएर मतगणना पूरा नभएसम्म दुवै देशका सुरक्षाकर्मीले नाकामा संयुक्त गस्ती गर्नुका साथै नाकामा रहेको दुवै देशका सुरक्षा पोष्टका चेकजाँचलाई पनि कडा पारिने बाँकेका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । उहाँले भारतमा निर्वाचन भएका बेला पनि यसरी नै दुवै देशका सुरक्षाकर्मीले मिलेर संयुक्त रूपमा गस्ती गर्दै आएको सुनाउनुभयो । निर्वाचन आउन दुई साताभन्दा पनि कम समय रहेकोले अहिलेबाटै जमुनाह नाकामा दुुवै देशका सुरक्षाकर्मीले कडा रूपमा चेकजाँच गरेर मात्र आवागमन गर्न दिने गरेका छन् । भारतमा निर्वाचनमा हुने बेला पनि सीमा क्षेत्रमा नाका बन्द हुनेदेखि लिएर संयुक्त गस्ती गर्ने गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल