काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरू चर्चा गर्न लायक नभएको बताउनु भएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरूको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न । साथीहरुले कतिपयले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाईन्छ । उहाँहरुको अधिकारको कुरा हो । उहाँहरुले इच्छा गर्नुपर्छ । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं ।’
उहाँले आवश्यक्तानै नभएका अन्य दलका उम्मेदवारहरूलाई छाडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि सबैलाई आह्वानसमेत गर्नु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :