भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट

Read Time = 2 mins

काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष/महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभास उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट हुनुभयो ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगीता राई र आर्मीकी मनिषा रानाभाट, ५५ केजीमा बाँकेकी सञ्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिनुभयो ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष/महिलामा सात/सात गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले एक, विशालसिंह विष्टले दुई, सुभास उपाध्यायले तीन र सागर भण्डारीले एक कीर्तिमान बनाउनुभयो । महिलामा सञ्जु चौधरीले एक तथा तारादेवी पुन र विद्या राईले समान तीन राष्ट्रिय कीर्तिमान रच्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?