शंकास्पद कारोबारको निगरानी

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय इकाईले शंकास्पद कारोबारको अध्ययन सुरु गरेको छ । इकाईलाई गत फागुन मसान्तसम्म एक हजार पाँच सय ५६ शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ । सो अवधिमा चार सय ६४ वटा प्रतिवेदन विश्लेषण भएकामा दुई सय ६५ अभिलेखीकरण गरिएको तथा एक सय ९९ वटा प्रतिवेदन अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका लागि तयार गरिएको कार्यविधिअनुसार फागुनसम्म १५ वाणिज्य बैंकको निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले सो अवधिसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेकोमा हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)