शंकास्पद कारोबारको निगरानी

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय इकाईले शंकास्पद कारोबारको अध्ययन सुरु गरेको छ । इकाईलाई गत फागुन मसान्तसम्म एक हजार पाँच सय ५६ शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ । सो अवधिमा चार सय ६४ वटा प्रतिवेदन विश्लेषण भएकामा दुई सय ६५ अभिलेखीकरण गरिएको तथा एक सय ९९ वटा प्रतिवेदन अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका लागि तयार गरिएको कार्यविधिअनुसार फागुनसम्म १५ वाणिज्य बैंकको निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले सो अवधिसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेकोमा हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?