टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ ।

टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।

जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ ।

यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ ।

एभर्टनले ३३ खेलबाट ३२ अंकसहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?