एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैन : रघुजी पन्त

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताउनुभएको छ ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली काँग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेकाले अहिले बजारमा विभिन्न टिका टिप्पणी भइरहेको बताउनु भयो ।

उहाँले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन । बजेटमा परिवर्तन पनि हुँदैन । बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरुको कुरा भयो । तर सामान्यतया संसदबाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो । यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरुको अन्तरबिरोधबाटै सरकार ढल्छ । अहिलको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नुु हँुदैन ।’

सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?