काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दुर्गमका समस्या भनेका शिक्षा, स्वास्थ्य र सञ्चार भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले यसका लागि राजनीतिज्ञ लागि पर्नुपर्ने धमरणासमेत व्यक्त गर्नुभएको छ । राजनीतिज्ञ तथा समाजसेवी भोलामानसिंह थापाको स्मृतिग्रन्थ ‘कर्मसाधक भोलामानसिंह थापा’ तथा उहाँका सम्बन्धमा उहाँकी पत्नी सावित्री जंगम थापाले लेख्नुभएको ‘उनैको सम्झनामा स्मृति काव्य’ को लोकार्पण समारोहमा चन्दले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
यसपूर्व चन्दले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुका साथै उहाँलगायत विशष्ठ अतिथि तथा अतिथिहरूद्वारा थापाको फोटोमा माल्यार्पण गरिएको थियो । ओखलढुंगा समाज सेवा काठमाडौं आयोजक रहेको कार्यक्रमको सभापतित्व उक्त संस्थाका अध्यक्ष ब्रहृमराज राजभण्डारीले गर्नुभएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा आइतबार आयोजित उक्त कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा रहनुभएका ओखलढुंगाबाट संघीय संसद्मा प्रतिनिधिन्त्व गर्नुहुने तथा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भोलामानसिंह थापाको राजनीतिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो । रोशनीदेवी कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सुरुमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए भने थापाको योगदानमाथि राजनीतिक विश्लेषक प्राडा.सुरेन्द्रकेसी राजनीतिज्ञहरू शान्ता मानवी, अष्टलक्ष्मी शाक्य, शान्ता भट्टराई, किशोर अधिकारी, शशि श्रेष्ठ, सुशीला श्रेष्ठ, बालगोविन्द राजभण्डारी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम तथा ‘उनैको सम्झनामा’ पुस्तककी लेखिका तथा भोलामानसिंह थापाकी पत्नी सावित्री जंगम थापालगायत व्यक्तिहरूले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लोकार्पित पुस्तकमध्ये ‘कर्मसाधक भोलामानसिंह थापा’ शीर्षकको पुस्तकमाथि प्रकाशक संस्था शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र ‘उनैको सम्झनामा’ शीर्षकको पुस्तकमाथि डा.शैलेन्दुप्रकाश नेपालले टिप्पणी गर्नुभएको थियो भने रञ्जना श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीती कविता गाउनुभएको थियो । कार्यक्रमको अन्त्यमा अनिल राजभण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सावित्रीजंगम थापाले पुस्तक प्रकाशनको प्रसंग तथा थापा र आफ्नो समाजसेवाको सन्दर्भ बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच