लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ ।
लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार दोर्दी गाउँपालिका-१, ढोकेबेंसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
पीडितले २२० केभी प्रसारण लाइनमुनि आफ्नो घरजग्गा रहेको र प्रभावित भए पनि पीडितको सुनुवाइ नभएको भन्दै पीडितहरूले संघर्षका विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए ।
प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी गाउँपालिका-१ ढोकेबेंसीका पवित्रा थापा, राजेश थापा, सञ्जीव थापा र सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :