कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गर्नुभएको छ ।
पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गर्नुभएको हो ।
देशले ठूलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उहाँले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताउनुभयो ।
सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उहाँले स्मरण गर्नुभयो । देशमा हजारौं समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उहाँको भनाइ छ । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :