लन्डन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई ३-० गोलअन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले एक/एक गोल गर्नुभयो ।
ब्रुनो फर्नान्डेजले नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । रोनाल्डोले ६१औँ मिनेटमा पेनाल्टी गोल गर्नुभएको थियो । यस्तै भारेनले ७२औँ मिनेटमा तेस्रो गोल गर्नुभएको थियो । प्रिमियर लिगमा यो सिजन रोनाल्डोले गोल संख्या १८औँ पुर्याउनुभएको छ । उहाँले शीर्षस्थानमा रहेका मोहम्मद सलाहसँगको गोल संख्याको दूरीलाई घटाउनुभएको छ । गोल्ड बुटको दौडमा रहेको सलाहको २२ गोल छ ।
युनाइेटडले सिजनका अन्तिम दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा युनाइटेडको यो पहिलो जितसमेत हो । जितसँगै युनाइटेड अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानको टोटनहमभन्दा युनाइटेड अझै तीन अंकले पछाडि छ । त्यसमाथि युनाइटेडले टोटनहमको भन्दा दुई खेल बढी खेलेको छ ।
सातौँ स्थानको वेस्ट हृयाम युनाइटेडको भन्दा युनाइटेड ६ अंकले अगाडि छ । प्रिमियर लिगको छैटौँ स्थानको टोली युरोपा लिग र सातौँ टोली युरोपा कन्फ्रेन्स लिगका लागि छनोट हुनेछन् । १४औँ स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा आठ अंक बढी छ । टोलीले अन्तिम तीन खेल खेल्न बाँकी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच