टर्कीस अभिनेता अल्टन पोखरामा

sf:sL, @) j}zfvM 6sL{sf cleg]tf ct{'u|'n ufhL kf]v/f ljdfg:yndf ;dy{ssf] dfem ;+:s[lt ko{6g tyf gful/s p88og dGqfnosf] lgdGq0ffdf g]kfnsf] e|d0fdf cfpg'ePsf 6sL{sf ljZj rlr{t cleg]tf pglugcN6fg b'Hoftfg -ct{'u|'n ufhL_ dªunaf/ kf]v/f ljdfg:yndf ;dy{sx? dfem . tl:a/M s[i0f bjf8L÷/f;;

Read Time = 2 mins

काठमाडौं । टर्कीका चर्चित अभिनेता अल्टन दुज्यातान पोखरा पुग्नुभएको छ । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा नेपाल आउनुभएको हो ।

उहाँलाई मंगलबार पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा)का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रशंसकहरूले स्वागत गर्नुभयो । कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै टर्कीका पर्यटक नेपाल भिœयाउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा महानगरपालिका-१३ स्थित मियापाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुभएको छ । दुई दिने पोखरा बसाइका क्रममा उहाले यहाँका पर्यटकीय गन्तव्य फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गरिरहनुभएको छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।

टर्कीको आठ सय वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिशृंखला ‘अर्तुग्रुल गाजी’मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गर्नुभएको छ । सोही टेलिशृंखलाबाट उहाँ विश्वभर चर्चित बन्नुभएको हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?