काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘पहेली’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘कोसिस हजार…’, ‘ए साइँली…’, ‘आमा…’, ‘गाँसेर प्रिती…’जस्ता गीत समावेश छन् । सबै गीतमा मेट्रोन प्रयोग गरिएको यो पहिलो गीति एल्बम हो । जसले विश्व रकेर्डसमेत कायम गरेको छ ।
एल्वममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, एलिना चौहान र अनु चौधरीको स्वर छ भने सागरकै संगीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् ।
यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । दर्जनौं अवार्ड, पुरस्कारबाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित गरिएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :