महिला उद्यमीको निःशुल्क स्वास्थ्य परीक्षण

Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा नेपाल हस्तकला महासंघलगायतले काठमाडौंमा महिला उद्यमीका लागि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । हस्तकला महासंघ, मानुषी संस्था र हेल्थ केयर सेन्टर (सोवा) को आयोजनामा महिला उद्यमी, व्यवसायी र कलाकारका लागि एकदिने बृहत् महिला स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा आयोजित कार्यक्रममा करिब एक सय महिला उद्यमीले निःशुल्क स्वास्थ्य जाँच गराएको आयोजकले जनाएको छ । सोवाले निःशुल्क परीक्षणपछिको ल्याब, अल्ट्रासाउन्डजस्ता परीक्षणमा करिब ५० प्रतिशत छुट प्रदान गरेको थियो । कार्यक्रममा डा. टीका गुरुङ र डा. सानिमा डंगोलले महिलाको स्वास्थ्य जाँच र परामर्श प्रदान गर्नुभएको हस्तकला महासंघले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्र्दैै मानुषीकी अध्यक्ष पद््मासना शाक्यले स्वस्थ उद्यमी महिलाले मात्र परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बताउनुभयो । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको हस्तकला क्षेत्रमा महिलाको सहभागिता उच्च रहेकाले महिला स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै समाजप्रति उत्तरदायी बन्नुपरेको बताउनुभयो । सोवाका प्रमुख कार्यकारी अधिकृत विपिन्द्र प्रधानले सोवाले सहुलियत मूल्यमै गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?