आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियो ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुग्नुभएको हो । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा हुनुभएको थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?