म्याग्दी खोलामा भिलेजले पनि लगानी गर्ने

Read Time = 2 mins

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ । स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणाअनुसार उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो ।

लगानीसम्बन्धी सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गर्नुभएको छ । एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी यो चौथो आयोजना भएको प्रमुख कार्यकारी अधिकृत गौतमले बताउनुभयो ।

उक्त कम्पनीमा अब आयोजनामा हाइड्रो भिलेज, एचआइडिसिएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । तोकिएको समयमै आयोजना सम्पन्न गरिने कम्पनीका अध्यक्ष थापाले बताउनुभयो । आयोजनास्थलसम्म पहुँच सडक निर्माण कार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुशिल पोखरेलले जानकारी दिनुभयो ।

आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट अर्थात् तीन सय ३४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । प्राधिकरणसँग गरिएको पिपिएअनुसार कम्पनीले २०८२ साल असोजभित्र उत्पादन गरिसक्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?