राष्ट्रिय आइसिटी पुरस्कार वेदलाई

Read Time = 1 min

काठमाडौं । निजी क्षेत्रको कम्पनी इन्ग्रेल्स प्रालि (वेद) ले नेपालभित्र शिक्षा र प्रविधिको एकीकरणमा योगदान गरेबापत राष्ट्रिय आइसिटी पुरस्कार प्राप्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको कम्पनीले जनाएको छ ।

वेदले २०१६ देखि विद्यालय र कलेजलाई पूर्ण डिजिटलरूपमा सञ्चालन र रूपान्तरणमा सहयोग पु¥याउँदै आएको छ । आठ सयभन्दा बढी विद्यालयमा प्रयोगमा रहेको उक्त सफ्टवेयरले विद्यालयहरूलाई सम्पूर्ण कार्य प्रवाह डिजिटाइज गर्न आवश्यक प्रविधि, तालिम र उपकरण उपलब्ध गराउँछ ।

वेदले कारोनाकालदेखि नै सात लाखभन्दा बढी विद्यार्थी र ४० हजारभन्दा बढी शिक्षकलाई कार्य निरन्तरताका लागि सहयोग गर्दै आएको जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?