काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा सफल कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक अनुभवी कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएको थियो । त्यसपछि नेपाल बैंक, सिटिजन्स बैंकमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एसिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।
कार्यभार सम्हाल्दै कुँवरले डिजिटल भुक्तानी क्षेत्रलाई अघि बढाउन इसेवाले नेतृत्वदायी भूमिका खेल्दै आएको भन्दै आफूले इसेवाको कर्पोरेट गभर्नेन्स, रणनीतिक मूल्य र कम्प्लायन्स क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्ने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच