नेपाल लाइफद्वारा अस्पताललाई हिृवलचेयर

Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई सोमबार एक कार्यक्रमबीच हिृवलचेयर हस्तान्तरण गरेको छ ।

कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेलाई हिृवलचेयर हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने हिृवलचेयर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो ।

कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी भएको नाताले समाजप्रति पनि ठूलै दायित्व रहेकाले तत्कालका लागि सयवटा हिृवलचेयर प्रदान गरिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?