काठमाडौं । मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगले भनेको किन कारबाही नगर्ने भन्दै जवाफ मागेको हो।
'निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ।
वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उहाँले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गर्नुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र