क्वेस्टको विजयी सुरुवात

Read Time = 2 mins

काठमाडौं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी सुरुवात गरेको छ । ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२-२६ ले पराजित गर्‍यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोड्नुभयो ।

ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । जेभियरले केएमसीलाई ६४-२७ ले हरायो । जेभियरको जितमा रवि पौडेलले २६ अंकको योगदान गर्नुभयो । प्रज्ज्वल महर्जनको १५ अंक सहयोगमा गोल्डेनगेटले शुभश्रीलाई ७७-१७ को फराकिलो अन्तरले पन्छायो ।

गल्र्सको राउन्ड रोविन लिगमा मल्पीले सायम (एसआईएएम) बाट वाकओभर पायो । प्रतियोगिताको स्व. नारायणप्रसाद श्रेष्ठकी धर्मपत्नी एवं क्वेस्टकी सञ्चालक अनिता श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ नौ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगका आधारमा सञ्चालित महिलाको स्पर्धामा पाँच टिम सहभागी छन् । पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । महिलामा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदसहित गिफ्ट हृयाम्परबाट पुरस्कृत गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?