रियलमी १० प्रो फाइभ जी आउँदै

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन ल्याउने भएको छ । नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो, जुन भारतमा एकदमै रुचाइएको छ । रियलमी १० प्लस प्रो फाइभ जी नाम दिइएको नयाँ स्मार्ट फोनको कभ्र्ड डिस्प्ले अत्यन्तै आकर्षक र स्टाइलिस रहेको छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र करिब साढे एक करोड खर्च गरिएको कम्पनीको दाबी छ । फोनको अर्को आकर्षक पक्ष डाइमेन्सिटी १०८० फाइभजी चिप्सेट हो, जुन नेपालमै पहिलो भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसलाई अघिल्ला सेटभन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेण्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ, जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै, स्मार्टफोनको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेकाले १० प्रो प्लस ड्रप रेसिस्टान्ट पनि छ । १०८ एमपीको मेन सेन्सरलगायत तीनवटा क्यामेराका साथै ६७ वटासम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने पाँच हजार एमएएचको ब्याट्री रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?