काठमाडौं । अलराउण्डर गुलशन झाको शतकमा नेपाली यु-१९ क्रिकेट अभ्यास खेलमा स्कटल्याण्डलाई १३५ रनले हराएको छ । जितको लागि २८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा १४९ रनमा अल आउटभयो । स्कटल्याण्डको उजैर अहमदले २८ र खानले २४ रन बनाउनुभयो । नेपालका तिलक राज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिनुभयो ।
त्यसअघि दक्षिण अफ्रिकामा रहेको नेपालले ४९.२ ओभरमा २८४ रनमा अल आउट भएको थियो । गुलशनले ११५ बलमा ११४ रनको शतकिय इनिङ खेल्नुभयो । दीपक बोहराले ५४ बलमा ५८ रनमा अविजित रहनुभयो ।
नेपालले आठ वर्षपछि यू-१९ विश्वकप खेल्दै छ । दक्षिण अफ्रिकामा १९ जनवरीदेखि हुने यू-१९ विश्वकप खेल्न नेपाली टोली त्यहाँ पुगिसकेको छ ।
नेपालको समूह ‘डी’ मा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । शीर्ष तीनमा पर्नसके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटकदेखि विश्वकप फरक शैलीमा हुनेछ । यसअघिका संस्करण जस्तो प्लेट च्याम्पियनसिप हुने छैन ।
प्रतियोगिता माघ ५ देखि माघ २८ गतेसम्म हुनेछ । नेपालले यसअघि अर्को वार्मअप खेल माघ २ गते वेष्टइण्डिजसँग खेल्नेछ । विश्वकपमा नेपालले माघ ७ गते न्युजिल्याण्ड, माघ १० गते पाकिस्तान, माघ १२ मा अफगानिस्तानसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच