ब्रिटिस कलेज ताम्राकार फुटसल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ताम्राकार समाजले विगत वर्षदेखि नियमितरूपमा आयोजना गर्दै आएको ताम्राकार फुटसल प्रतियोगिताको पाँचौँ संस्करण यस वर्ष यही कात्तिक १९ र २६ गते सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने भएको छ ।

पाँचौँ संस्करणको प्रतियोगिताका लागि थापाथलीस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेको छ । पाँचौँ संस्करणमा विभिन्न आठवटा उद्योग र कम्पनीले टिमको प्रायोजन गरेका छन् ।

प्रायोजन गरेका कम्पनीकै नामबाट टिमको नाम कायम रहने प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । अण्डर १४, महिला खुला तथा भेट्रान टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?