चेन्नाईलाई बैंग्लोरले हरायो

Read Time = 4 mins

दल्ली । चेन्नाई सुपर किंग्सलाई १३ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर इन्डिन प्रिमियर लिग (आइपिएल) २०२२ को चौथो स्थानमा उक्लिएको छ । जितसँगै बैंग्लोरको प्लेअफ सम्भावना पनि बलियो बनेको छ । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनायो । चेन्नाईका ओपनर डेभन कन्वेले ३७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाउनुभयो । यस्तै ओपनर ऋतुराज गायकवाड २३ बलमा ३ चौका र १ छक्कासहित २८, रोविन उथप्पा १, अम्बाती रायुडू १० र रविन्द्र जडेजाले ३ रन जोड्नुभयो । बैंग्लोरका ग्लेन म्याक्सवेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो । शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १/१ विकेट लिनुभयो ।

त्यसअघि पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका महिपाल लोमरले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाउनुभयो । कोहलीले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाउनुभयो । डु प्लेसिसले २२ बलमा ४ चौका र १ छक्कासहित ३८ रन थप्नुभयो ।

चेन्नाईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिनुभयो । मोइन अलीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिनुभयो । ड्वेन प्रिटोरियसको नाममा १ विकेट रहृयो । चेन्नाईले अब आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । बैंग्लोरले सोही दिन सनराइजर्स हैदरावादविरुद्ध खेल्नेछ ।

आइपिएलको अंक तालिकामा गुजरात १० खेलमा ८ मा जित र २ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र चारमा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

बैंग्लोर ११ खेलमा ६ मा जित र पाँचमा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ । हैदरावाद नौ खेलमा पाँचमा जित र चारमा हारसहित पाँचौँ स्थानमा छ । पन्जाब १० खेलमा पाँचमा जित र पाँचमा हारसहित छैटौँ स्थानमा छ । दिल्ली नौ खेलमा चारमा जित र पाँचमा हारसहित सातौँ स्थानमा छ ।

कोलकाता नाइट राइडर्स १० खेलमा चारमा जित र ६ खेलमा हारसहित आठौँ स्थानमा छ । चेन्नाई १० खेलमा तीनमा जित र सातमा हारसहित नवौँ स्थानमा छ । मुम्बई नौ खेलमा एकमा जित र आठमा हारसहित पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?