एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय परिषद बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे काठमाडौँको प्रज्ञा भवन कमलादीमा बैठक बस्ने छ ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्ययोजनासहितको विधान मस्यौदामाथि छलफल केन्द्रित हुने बताइएको छ । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।

पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?