काठमाडौं । कृषि विकास बैकले पनि ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न युएसडी प्रिपेड डलर कार्ड सेवा सुरु गरेको छ, जसबाट विदेशी मुद्रामा आम्दानीका स्रोत नभएका तर नेपालभित्रै बसेर इ-कमर्समार्फत् अनलाइन सपिङ तथा विल पेमेन्ट गर्न नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सीमाभित्र रही कारोबार गर्न सकिनेछ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले युएडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बैंकका उप-महाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरू अजयकुमार रिमाल, हिमलाल पौडेल, सरोजकुमार साह, टंक पोखरेल, डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराईलगायतको सहभागिता थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम