कृषि बैंकको युएसडी प्रिपेड डलर कार्ड सेवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कृषि विकास बैकले पनि ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न युएसडी प्रिपेड डलर कार्ड सेवा सुरु गरेको छ, जसबाट विदेशी मुद्रामा आम्दानीका स्रोत नभएका तर नेपालभित्रै बसेर इ-कमर्समार्फत् अनलाइन सपिङ तथा विल पेमेन्ट गर्न नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सीमाभित्र रही कारोबार गर्न सकिनेछ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले युएडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बैंकका उप-महाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरू अजयकुमार रिमाल, हिमलाल पौडेल, सरोजकुमार साह, टंक पोखरेल, डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराईलगायतको सहभागिता थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?