काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ ।
सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गर्नुभयो । उहाँले नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनैपनि बैंक डुब्ने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले डक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गर्नुभयो ।
उहाँले बैंकहरु सबै डुब्न थाले,खतम हुन थाले भन्ने हल्लाले भएपनि बैंकहरु पारदर्शी र सवल रहेको बताउनु भयो । उहाँले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खाजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुको खराब कर्जा बढे पनि बैंकहरु धान्न सक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको बताउनु भयो । उहाँले नेट एनपीए १.४० हुँदा बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको उल्लेख गर्नुभयो । उहाँले अफ्ठ्यारो अवस्था भएपनि वचतकर्तालाई सुरक्षित गर्नेगरी बैंकहरुले काम गरिरहेका बताउनु भयो ।
उहाँले भन्नुभयो,‘बैंकिङ उद्योगमा पछिल्लो समय अफ्ठ्यारो अवस्था छ । बैंकिङ उद्योगको बारेमा सडकबाट धेरै कुराहरु हुने । बैंकहरुको सुरक्षामा पनि समस्या परिरहेको छ । सडक आन्दोलन र दबाबमा बैंकको ऋण नतिर्ने भन्ने अझ लघुवित्तमा धेरै भएको छ । बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन सकेको छैनौं । अझ बीचमा बैंकहरु सबै डुब्न थाले,खत्तम हुन थाले भन्ने हल्लाले भइरहेको छ । तर बैंकहरु अहिलेको अवस्थामा सबै पारदर्शी र सवल छन् । तथ्याङ्कका आधारमा कुनैपनि बैंक डुब्ने अवस्थामा छैनन् । अहिले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खाजेको देखिन्छ । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढेको अवस्था छ । ३.४० एनपी छ । नेट एनपीए १.४० छ । बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको अवस्था छ । अफ्ठ्यारो अवस्था भएपनि वचतकर्तालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ ।’
उहाँले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको बताउनु भयो । उहाँले रेमिट्यान्स बढ्दै गइरहेको बताउनु भयो । उहाँले वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भएपनि यसको प्रयोग गर्न जान्न आवश्यक रहेको बताउनु भयो । उहाँले ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै बैंकहरुमा पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच