ग्लोबल र वैकल्पिक ऊर्जाबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच प्राइभेट सेक्टर लिड मिनी-ग्रीड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनका लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउनेछ ।

उक्त रकम ग्लोबल आइएमई बैंकले सय केडब्लुपी सौर्य मिनी गिीड परियोजना निर्माण/जडान तथा विद्युत् वितरण कार्यका लागि ऋण उपलब्ध गराउने छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?