समस्याग्रस्त सहकारीको प्रतिवेदन पेश

Read Time = 2 mins

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई ‘समस्याग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन’ बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारीमध्ये ओरेन्टल को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदाबीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले सहकारीमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागिपर्नुपर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो । सहकारीले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व-उत्तरदायी, इमानदारी, पारस्परिक सहयोग जस्ता अवधारणा आत्मसात गरी सहकारीमा सुशासन प्रवद्र्धन गर्ने कानुनी जिम्मेवारीविपरीत हुने गरी कार्य गरेका कारण सहकारी संस्था समस्याग्रस्त बनेको समितिको निष्कर्ष रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?