चन्दननाथ नगर प्रमुख सेजुवालद्धारा पाँच वर्षे कार्यकालमा गरेका काम सार्वजनिक

Read Time = 5 mins

विजय रावत/जुम्ला । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले आफ्नो पाँच वर्षको अवधिमा भएका कामका बारेमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नु भएको छ । आफ्नै कार्यकक्षामा पत्रकार सम्मेलन गर्दे नगर प्रमुख सेजुवाले भन्नुभयो, 'पाँच वर्षको अवधिमा विकास, समृद्धि र नागरिकको हकहितका लागि लागेको छु । नगरपालिकाको स्रोत र साधनले भ्यायसम्म विकास गरेको छु । पाँच वर्षको अवधिमा चालुतर्फ १ अर्ब ४५ करोड ४६ लाख ९५ हजार ९ सय र पुँजीगत तर्फ १ अर्ब १० करोड ४० हजार २६ गरि जम्मा २ अर्ब ४५ करोड ९७ लाख ५९ हजार ९२६ रुपैयाँ खर्च भएको छ । ७० प्रतिशत रकम भौतिक पूर्वाधारका क्षेत्रमा र बाँकि ३० प्रतिशत बजेट कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा खर्च नगर प्रमुख सेजुवालले बताउनुभयो ।'

एयरपोर्ट दानसाँघु, क्यापम्पस केटिएस, कोटेसाँघु धिमी खाली सडक, कालेखोली देखि ल्याण्ड फिल्ड साईडसम्मको सडक र बिजयनगर सडक आरसिसि भएको छ । ठिन्के र जुगाड खोला लघुजलविद्युत आयोजना निर्माण, जनता माविमा ४ करोड ७० लाखको भवन र ३० लाख रुपैयाँको लागतमा प्याराफिड निर्माण भएको नगर प्रमुख सेजुवालले भन्नुभयो, 'चन्दननाथ नमूना माविमा ४ करोड ७० लाख, भगवति माविमा आईसिटि ल्याब, कर्णली मावि अनामनगरमा नेपाली सेनाको सहयोगमा भवन तथा बास्केट कोट निर्माण, वडा नम्बर १ देखी ९ मा नगर स्वास्थ्य चौकिहरु निर्माणाधिन अवस्थामा जानकारी दिनुभयो । '

भगेरी खोला सिंचाई, माझ कुलो निर्माण, दानसाँघु जुवाखोला तटबन्धन, बुढीचौर मन्दिर, भण्डारीवाडा हुँदै ताल्चा सडक निर्माणको काम गर्ने सफल भएका छौ । कालेखोलिदेखि ठिन्केसम्म बाटो निर्माण, भण्डारी गाउँ थेप्चे मुलनुन ढुस्का हुँदै सिमल बाटो निर्माण, खोलिकोट र मालिका मन्दिर निर्माण, विपद् व्यवस्थापन कार्यालय देखि धाईफाला सम्मको बाटो निर्माण, ढाणथपला सिंचाई कुलो निर्माण, लाटा दह खोलिकोट र केटिएस सम्म सडक पिच भएको नगर प्रमुख सेजुवालले जानकारी दिनुभयो । ७६ लाख रुपैयाँको कालेखोलिमा सार्वजनिक शौचालय लगायतका महत्वपूर्ण भौतिक पूर्वाधारहरु निर्माण भएको छ । नगरपालिका भित्र २० वटा नयाँ ट्रयाक खुलाउन सफल भएका छौ । कोभिडको बिचमा पनि ५० किलोमिटर सडक निर्माण भएको नगर प्रमुख सेजुवालले जानकारी दिनुभयो ।

कोभिड – १९ खोप पहिलो चरण १ सय ९३, दोस्रो चरणमा १ सय ३२ र बुस्टर ४४ प्रतिशत सहित कर्णाली प्रदेशका ७९ पालिका मध्ये खोप लगाउनेमा ४ औँ स्थानमा नगरपालिका पर्न सफल भएको छ । कोभिड १९ खोपयुक्त नगरपालिका घोषणा गर्ने तयारीमा जुटेका छौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३४ सय ५० न्यानो झोला र सुत्केरी महिलाहरुलाई यातायात वापत ३५ लाख रकम हस्तान्तरण गरेको नगरप्रमुख सेजुवालले बताउनुभयो ।

कोरोनाको बेला शिक्षण सिकाईलाई सहज बनाउन भिडियो निर्माण तथा रेडियो कक्षा संचालन, बाल विवाह न्युनिकरणका लागि सडक नाटक तथा सचेतना, १ देखि ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाईमा सहजीकरण गर्नको लागि ४५ वटा बस्तिमा टोल शिक्षा कार्यक्रम संचालन गरिएको र १ देखि ३ कक्षा सम्म स्थानीय विषयको पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौ महानगरपालिका सँगको भगेनी सम्बन्धले नगरपालिकाको धिमीमा पार्क र निर्माणाधिन रहेको छ । ललितपुर महानगरपालिका सँगको भगेनी सम्बन्ध कायम गरी ३० लाख रकम सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?