जुम्लाका अति संवेदनशील मतदान स्थलमा मतपेटिका ल्याउन हेलिकोप्टरको माग

Read Time = 4 mins

-विजय रावत
जुम्ला । जुम्लाका अति संवेनदनशील मतदान स्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । जिल्लाभर ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार सुरक्षाको दृष्किोणबाट ७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति सम्वेदनशील, १५ ओटा मतदान स्थललाई सम्वेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेकाछन् ।

सुरक्षा प्रवन्ध मिलाउने विषयमा तयारी भईसकेको उहाँले बताउनु भयो । दूरीको हिसाबले टाढा भएको तिला गाउँपालिकाको खोप्रीसहित चार स्थानका मतपेटिका हेलिकोप्टरमा ल्याउन माग गरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्रै चिन्ता छैन । मतदान पछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिएका पुर्याउने, गणना सहित अन्तिम कार्यसम्म सुरक्षा प्रबन्धको बिषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको बताउनुभयो । तर, ५ देखि ७ घण्टा लाग्ने खोप्रीबाट मतपेटिका ल्याउन हेलिकोप्टर आवश्यक देखिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्लास्थित राजनैतिक दलहरुको निर्वाचन स्वच्छ र भयरहित बनाउने विषयको वैठकमा खोप्री जस्ता जोखिम स्थानमा हेलिकोप्टरका लागि पहल गर्न राजनैतिकदलको तर्फबाट पनि पहल गर्न अनुरोध गर्नुभयो । देश स्तरीय वैठकमा समेत खोप्रीमा हेलिकोप्टरको आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

प्रहरी नायव उपरीक्षक चन्दका अनुसार तिला गाउँपालिका – ९ स्थित नदैदेवी आधारभूत विद्यालय खोप्रीमा मानेचौरबाट हिडेर ६ देखि ७ घण्टा लाग्ने बताउनुभयो । त्यहाँबाट मतपेटिका तिलामा ल्याई पुर्याउनु करिब ८ देखी ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ । यस्तै तिला ९ कै ज्योति मा.वि राँसामालापानी र प्रस्तावित मा.वि.ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको उहाँले बताउनु भयो ।

यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट ३ घण्टा लाग्ने अनुमान गरिएको छ । यस्तै जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा १ देखी ३ घण्टा लाग्ने धेरै स्थान छन । तिला –९ खोप्रीको नदैदेवी आधारभुत विद्यालयको मतदान केन्द्र जिल्लाकै सवैभन्दा टाढा रहेको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?