अर्बन फुडको आउटलेट त्रिपुरेश्वरमा

Read Time = 1 min

काठमाडौं । अर्बन फुडले शुक्रबार ग्राहकका लागि काठमाडौंको त्रिपुरेश्वरमा आउटलेट सञ्चालनमा ल्याएको छ । अर्बन फुड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो ।

अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले मूल्यवान ग्राहकलाई आफ्नो पहिलो आउटलेट अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामीलाई निकै उत्साहित बनाएको बताउनुभयो । आउटलेट स्थापनाको अवसरमा खुसी बाँड्न आफ्ना उत्पादनहरूमा ३० प्रतिशत छुट प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

कम्पनीले सन् २०१२ देखि ससेज, सलामी, बेकन, हृयाम, मम, कोल्ड कट्स, मिट पाटर््स, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादनहरू भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरका साथै प्रमुख खुद्रा बिक्रेता पसलमा सहजरूपमा रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?