काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । उक्त प्रयोजनका लागि दुवै कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र एभरेस्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले हस्ताक्षर गर्नुभएको छ । तोकिएको पुँजी पुर्याउन दुई कम्पनी मर्जरमा जाने भएका हुन् ।
बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पुर्याएपछि बिमा कम्पनीहरू पुँजी वृद्धिको दबाबमा रहेका छन् । हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड र एभरेस्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल