कलर नेक्स्ट २०२२ सम्पन्न

Read Time = 4 mins

काठमाडौं । एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायत संस्थाका आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिता थियो । एसियन पेन्ट्सले वार्षिकरूपमा कलर नेक्स्ट प्रतियोगिताको आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक-साँस्कृतिक तथा वातावरणीय प्रवृत्ति अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको कम्पनीले जनाएको छ ।

सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड) पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत् छ–छ महिनामा कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

शुक्रबार हायात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमार, एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख शिरिष राव र एसियन पेन्ट्स नेपालका प्रमुख कन्ट्री हेड जी गोपालकृष्णनले आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग सहकार्यमा जोड दिनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा एलिफेन्ट डिजाइनका सह-संस्थापक र निर्देशक अश्विनी देश पाण्डेले यस वर्षका लागि चार ट्रेन्डहरू अर्थात् वि–अस, होप योर वेल, सोलो कमर्श र आर्टिफी रहेका छन् भन्नुभयो ।

कार्यक्रममा चहकिलो गुलाबी ट्रान्सडेन्ट पिंकलाई कलर अफ द इयरका रूपमा प्रस्तुत गर्दै आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता सुरु गरिएको थियो ।

मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट पाँच विजेतालाई एसियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ । कन्सेप्सन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले भन्नुभयो, ‘कलर नेक्स्ट २०२२’ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म हो र यसमार्फत् गरिएको रङको पूर्वानुमान (कलर फर कास्टिङ) समाजमा गहन अनुसन्धानको नतिजा हो । हाम्रा डिजाइनमा यी प्रवृत्ति लागू गर्न एक सजिलो एप्लिकेसन छ, हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट, रङ लिन सक्छौँ र निश्चित इन्टेरियर स्थानका लागि उपयुक्त हुने गरी निश्चित ढंगले तिनको प्रयोग गर्न सक्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?