काठमाडौं । समृद्धि फाइनान्सले पुतलीसडक, पोखरा र बुटवलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्देश्य विद्यार्थी, किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिमार्फत् विवेकशील वित्तीय निर्णय लिन सघाउनु र हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु रहेको कम्पनीका व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख विक्रम ज्ञवालीले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच