मेमा ओपो ए-७६ को विशेष अफर

Read Time = 2 mins

काठमाडौं । ग्लो डिजाइन, स्टाइलिस र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिँदै आएको ओपोेको ए-सिरिजमा पछिल्लो समय ओपोे ए-७६ नेपाली बजारमा भित्रिएको छ । ओपोे ए-७६ मा ६.५६ इन्चको पन्च-होल स्क्रिनलाई परिस्कृत गर्दै अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र एक सय ८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेसाथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । ए-७६ मा ३३ वाट सुपरभोक चार्जिङसहितको पाँच हजार एमएएचको ब्याट्री जडान गरिएको भने १.१२ माइक्रो र एफ २.० एपर्चरसहितको आठ एमपी फ्रन्ट क्यामेरा पनि रहेको छ । ओपोे ए-७६ को मूल्य २९ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

मे महिनामा ओपोको विशेष अफरमार्फत् ओपो ए-७६ खरिदमा विभिन्न तीन उत्पादनमा दुई हजार रुपैयाँसम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ । ओपो फिटब्यान्डको पहिलेको बजार मूल्य पाँच हजार पाँच सय ९९ रुपैयाँ रहेको अब तीन हजार पाँच सय ९९ रुपैयाँमै उपलब्ध हुने भने ओपो डब्ल्यु ३१ को छ हजार नौ सय ९० रुपैयाँ रहेकोमा चार हजार नौ सय ९० रुपैयाँ, ओपो डब्ल्यु ५१ को आठ हजार नौ सय ९० रुपैयाँ रहेको अब छ हजार नौ सय ९० रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?