काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो ।
यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसक्नुभएको छ ।
आइतबार भने उहाँ राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा सहभागी हुने कार्यतालिका छ ।
त्यसपछि उहाँ रुपन्देहीको बुटवल जानुहुनेछ ।
निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओलीको चुनावी दौडधुप बढेको छ । उहाँले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आउनुभएको छ । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच