एमसीसीको सबैभन्दा बढी फाईदा बुटवल, भैरहवा र दाङले पाउने छ : प्रधानमन्त्री देउवा

Read Time = 6 mins

चन्द्रकान्त खनाल
रुपन्देही । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्यन्त ठुलो अत्याचारका कारण गठबन्धन बनेको बताउनु भयो । गठबन्धनले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको भविश्यलाई जोगाउन गठबन्धनको निर्माण गर्नु परेको बताउनु भयो ।

देउवाले जनताले ५ वर्षका लागि बनाएको संसदलाई प्रधानमन्त्रीलाई गाली ग¥योकी संसद भङ्ग गरिदिने ओलीको कदमलाई रोक्न गठबन्धन बनाउन जरुरी देखिएको बताउनु भयो । उहाँले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गर्नुभयो । ‘विरोध गर्यो की पार्लामेण्ट भङ्ग गरिदिने, ५ वर्षलाई बनेको पार्लामेण्ट भङ्ग गर्ने ? लहडकाभरमा संसद भङ्ग गर्न पाईंदैन, संविधानले दिँदैन ।’ देउवाले भन्नुभयो ।

उहाँले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गर्नुभयोे । प्रधानमन्त्री देउवाले एमसीसीले सबै भन्दा बढी बुटवल, भैरहवा र दाङका जनतालाई फाईदा पुगेको दाबी गर्दै बुटवलबाट भालुवाङ हुँदै लमहीसम्मको अत्याधुनिक बाटो एमसीसीबाटै छिट्टै बन्ने वताउनु भयो ।

उहाँले सुकुम्बासीहरुको समास्या समाधानका लागि भुमि आयोग सक्रिय रहेको जनाउँदै छिट्टै सुकुम्बासी समस्या समाधान हुने वताउनु भयो ।बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने वताउनु भयो । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताउनु भयो ।

बुटवलमा घरघरमा पुग्ने र अस्पतालको बेडबेडमा पुग्ने मेयरकारुपमा गठबन्धनले खेलराज पाण्डेलाई उठाएको वताउनु भयो । बुटवलमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले गठबन्धनको रुख र कलममा भोट हालेमा पहिलो चरणमै सुकुम्बासीले लालपुर्जा पाउने ठोकुवा गर्नु भयो ।
उहाँले देशमा राजनीतिक स्थिरता चाहिएको बताउँदै अस्थिरताका कारण देशमा उद्योग कलकारखाना खुल्न नसकेको बताउनु भयो। राजनीतिको स्थायीत्वलाई खलबल्याउन एमाले अध्यक्षलाई निमित्त नायक बनाएर षडयन्त्र भइरहेको बताउँदै पौडेलले १७ साल, ४९ साल, ५९ साल हरेक अवस्थामा स्थायीत्व खल्बल्याउने षडयन्त्र गरिएको बताउनु भयो ।

चुच्चे नक्साको देखाएर मध्यराति दुतसंग भेटेर संसदमाथि हमला गरिएको चर्चा गर्दै पौडेलले १७ सालमा राजा महेन्द्रले पनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गर्नुभयोे । अदालतलाई पङ्गु बनाउने, संसदलाई पङ्गुबनाउने जस्ता काम गरेर सधै अस्थिरता ल्याउने प्रपञ्च ओलीले रचेको पौडेलले आरोप लगाउनु भयो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं संघीय सरकारका मन्त्री रामकुमारी झाँक्रीले पटक पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छिन् । सभामा गठबन्धनको बुटवलको चुनावी सभालाई समबाधेन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्थायीत्वकालागि राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताउनु भयो ।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलीको भजन मण्डलीको संज्ञा दिँदै भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायित्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाउनु भयो् । उहाँले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताउनु भयो ।

‘स्याटलाईटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने कुरा, पानीजहाज र चुच्चे रेल ल्याउने जस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्न,’ उहाँले भन्नुभयो्, ‘बास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनु आवश्यक छ ।’

सभामा नेपाली काँग्रेसका नेता डा रामसरण महत, माओवादी केन्द्रका पोलिटब्युरोसदस्य एबं लुम्बिनी प्रदेश ईन्र्चाज चन्द्र खनाल लगायतका नेताहरु मेयर उपमेयरका उम्मेदवारहरुले सम्बोधन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?