किन दोहोरिन चाहान्छन् माथागढी-४ का पराजुली वडा अध्यक्षमा ?

Read Time = 7 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका –४ का मधु पराजली फेरि पनि वडा अध्यक्षमा दोहोरिन चाहानु भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा अत्याधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएका पराजुली अहिले फेरि वडा अध्यक्षमै उम्मेदवारी दिनु भएको छ ।

पालिका अध्यक्षमा उम्मेदवारी दिने सोंच बनाउनु भएका पराजुली वडावासीहरुले पुनः वडा अध्यक्षमै बसेर सेवा गर्न अनुरोध गरेपछि उहाँ फेरी वडा अध्यक्षमै उम्मेदवारी दिनु भएको हो । वडावासीले अत्यन्त रुचाएका र विश्वास गरेका पराजुली पाल्पाको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । माथागढीको झडेवामा २०४१ साल वैशाख ८ गते बुबा कृष्ण पराजुली र आमा राममाया पराजुलीको सुपुत्रको रुपमा जन्मिनुभएका उहाँले सानै उमेरदेखि विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आउनुभएको छ । २०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँले २०६५ सालमा नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको सदस्यता लिनुभएको थियो ।

२०६९ सालमा तरुणदलको वडा सभापतिको जिम्मेवारी समाल्नुभएका पराजुली १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं २ को क्षेत्रिय सदस्य बन्नुभएको थियो । उहाँ पार्टीमा लगनशिल र सक्रिय रहेकै कारण १४ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं. १ को क्षेत्रिय सचिवमा निर्वाचित हुनु भयो ।

सिएमए र स्नातक गर्नुभएका पराजुली इमान्दार र कर्तव्य निष्ठावान व्यक्तिका रुपमा छवि बनाउनुभएका युवा नेता समेत हुनुहुन्छ । सँगैका साथीहरु पढेर जागिरमा लागेको अवस्थामा पराजुली भने जागिरको मोह त्यागेर सामाजिक सेवामा लाग्नुभयो । कम उमेरमै सामाजिक काममा लाग्नुभएका उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा माथागढी गाउँपालिका ४ झडेवाबाट वडा अध्यक्षमा भारी मतले विजयी हुनु भएको थियो । दिनरात जनताकै सेवामा समर्पित उहाँ जनताको मन जित्न सफल हुनुभएको छ ।

उहाँको नेतृत्वमा वडाको समृद्धि र विकासको खाका कोरिएको छ । पाँच वर्षमा झेडवालाई सडक सञ्जालदेखि वडावासीलाई व्यवसायिक कृषिमा जोड्ने काम गर्नुभएका पराजुलीले वडामा उत्कृष्ट काम गर्नुभएको छ । त्यसैको प्रतिस्वरुप जनताले पुनः पराजुलीलाई नै वडा अध्यक्षमा दोहो¥याउन चाहेका छन् । उहाँले जनताको चाहाना र पाँच वर्षमा गर्न बाँकी रहेका कामहरु पुरा गर्न पुनः वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

वडावासीको चाहाना र वडाको समृद्धि र विकासका लागि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएको हिटासँगको कुराकानीमा पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘वडावासीको चाहान र बाँकी काम पुरा गर्न पुनः उम्मेदवारी दिएको हुँ ।’ ‘राजनीतिक र सामाजिक जीवनमा आफ्नो व्यक्तिगत फाइदा कहिल्यै हेरिनँ,’ पाराजुलीले भन्नुभयो । ‘म राजनीति र सामाजिक क्षेत्रमा हुँदा व्यक्तिगत लाभ हेरेको भए आज म आर्थिक रुपमा सबल हुने थिएँ । तर मैले जनहित मात्र हेरेँ, व्यक्तिगत फाइदा हेरिन त्यसैले पनि मैले वडावासीबाट सोंचे भन्दा पनि बढी साथ पाएँ ।’ पराजुलीले आफ्नो पाँच वर्षे कार्यकालमा झडेवालाई शहर उन्मुख क्षेत्रको रुपमा विकास गर्नुको साथै वडालाई कृषिको पकेट क्षेत्र बनाउन सफल हुनुभयो । उहाँले सडक सञ्जाल नपुगेका ग्रामीण क्षेत्रमा सडक, पुल नभएका ठाउँमा पुल, विद्युत नपुगेका स्थानमा विद्युत विस्तार बनाउने काम गर्नुभयो । उहाँकै नेतृत्वमा झडेवामै अहिले १५ शैयाको अस्पतालको काम अगाडि बढेको छ । आगामी निर्वाचनमा विजयी भए भ्रष्टाचार रहित समाजको निर्माण दिगो र सन्तुलन विकास गर्ने लक्ष्य उहाँले राख्नुभएको छ ।

पराजुलीले बालबालिका, बृद्ध, अपा, एकल महिला, पिछडीएको वर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै वडालाई समृद्ध, विकसित र नमुना वडा बनाउने अठोट लिनुभएको छ । अध्यक्षका उम्मेदवार पराजुलीले भन्नुभयो ‘आफु पाँच वर्षसम्म वडावासीको सेवामा निरन्तर काम गर्दै आएकाले पनि यहाँको विकास र समृद्धिका लागि के गर्नुपर्छ भन्ने स्पष्ट भिजन मसँग छ, सोही अनुरुप मैले काम गर्ने छु ।’ वडामा कृषिको प्रचुर सम्भावना रहेकाले यहाँको कृषि योग्य भूमिको प्रयोग गरी यहाँका युवाहरुलाई गाउँमै रोजगारका अवसर सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?