चुनाव प्रचारमा हिँडेका युवकको गाडीको छतबाट खसेर मृत्यु

Read Time = 1 min

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ ।
कालीमाटी गाउँपालिका २ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक दाङ जिल्ला बबई गाउँपालिका(२ का खुमबहादुर छन्तेललाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?