थप ६५८ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । यसैगरी सोही अवधिमा थप ४५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?