बास्केटबलमा जेभियरलाई सफलता

Read Time = 1 min
A A- A+

काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा जित हात पारेको छ । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२-३८ ले पराजित गर्‍यो । जेभियरका रवि पौडेलले २१ अंक जोड्नुभयो ।

ब्वाइजमै मल्पी र केसीएम पनि विजयी भए । मल्पीले शुभश्रीलाई २४-२२ को साँघुरो अन्तरले हरायो । मल्पीका स्वज्ञान खाइजुले ११ स्कोर गर्नुभयो । सायमविरुद्धको खेलमा केसीएम ५०-४४ ले विजयी भयो । केसीएमका युवराज श्रेष्ठले २२ अंक बटुल्नुभयो । गल्र्सको राउन्ड रोविन लिगमा नाथमले शुभश्रीमाथि २३-८ को जित निकाल्यो । नाथमकी झरना बज्राचार्यले आठ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?