काठमाडौं । ‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका भीम नारायण रेग्मीले पुस्तक विमोचन गर्नुभएको हो ।
रेग्मीले नेपालमा भाषाको तथ्यांक अनुसन्धान गरेको भन्दै आफैंले अनुसन्धान गरेर पुस्तक लेखेको बताउनुभएको छ । उहाले तथ्यांकनुसार विश्वमा सात हजार एक सयभन्दा धेरै भाषा बोलिने र नेपालमा मात्र एक सय ४० वटा भाषा बोलिने जानकारी गराउँदै अन्दाजको भरमा उक्त तथ्यांकलाई भरोसा गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको ७५३ स्थानीय निकायमा बोलिने भाषासम्बन्धी तथ्यांक संकलन गरेर पुस्तक तयार पारेको हो ।’
पुस्तकमा नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धान पश्चात तार्किक र तथ्यपरक सामग्रीलाई समेटिएको छ । फ्याक्स नेपालले प्रकाशन गरेको पुस्तकलाई वि-लिडरेले वितरण गर्दैछ । ३३० पेजको पुस्तकको मूल्य ११ सय रुपैयाँ तोकिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :