काठमाडौं । आज(आइतबार) पनि देशका अधिकाँश स्थानमा बर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पनि प्रदेश १ बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
त्यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश नं.१, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकरदुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने जनाइएको छ । प्रदेश नं. १, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
अहिले देशमा स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायमै छ । त्यही भएर देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :