आइएमई पेको क्यासब्याक अफर

Read Time = 1 min

काठमाडौं । ‘आइएमई पे’ को एपबाट नेपाल लाइफ इन्स्योरेन्सको बिमा किस्ता भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ । आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत उक्त एपबाट कम्पनीको बिमा किस्ता भुक्तानीमा ग्राहकले मूल्यको ०.५ प्रतिशत अर्थात् अधिकतम् दुई हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

साथै हरेक दिन एक विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट जित्न सक्ने कम्पनीले जनाएको छ । हालसम्म नेपालका २३ बिमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल आइएमई पेले अफरमार्फत् अझ बढी ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?