कोलकाताविरुद्ध लखनउको सहज जित

Read Time = 1 min

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो ।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।

लखनउका आभेश खान र जासन होल्डरले ३-३ विकेट लिए ।

यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।

लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।

जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ११ खेलबाट आठ अंक जोडेर आठौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?