भरतपुर महानगरपालिकालाई पार्टीको भर्ती केन्द्र बनाइयो : विक्रम पाण्डे

Read Time = 1 min

चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएको आरोप लगाउनु भएको छ ।

महानगर जनताले तिरेको करबाट चलेको भन्दै उहाँले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताउनु भयो । महानगरलार्इ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उहाँको आरोप छ।

भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उहाँले बताउनु भयो । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् ।

राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उहाँले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि पाएको बताउनु भयो । 'म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो,' उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?