आईपिएल : चेन्‍नई र बेङ्लोरको जित

Read Time = 3 mins

मुम्बई । दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौथो जित निकालेको छ ।

आइतबार राति मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो ।

चेन्‍नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए ।

जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।

मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउदै १५ रनमा समेटियो ।

हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।

बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।

जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?