लागूऔषधसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । सोही ठाउँका १९ वर्षीय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।

घटनाको थप अनुसन्धान जारी हरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?